मबाट टाढा जाऊ, नत्र माया बस्ला ।।
बिन्ती नजिक नअ।ऊ, नत्र माया बस्ला ।।
सक्दिनँ म सम्हाल्न, मनलाई अ।जभाेली,
भाे गुनगान नगाऊ, नत्र माया बस्ला ।।
सम्बन्ध यस्तै हाम्राे, राम्राे बन्न सक्छ,
भाे भाे नसताऊ, नत्र माया बस्ला ।।
माया त घाउ भन्छन्, पर्ला नि चाेट खप्न,
नयन त्याे नचलाऊ, नत्र माया बस्ला ।।
व्यर्थ भएमा माया, व्यर्थ हुनेछ जिवन,
व्यर्थै नसल्बलाऊ,नत्र माया बस्ला ।।
लेखकः सुनिल काेइराला, पाल्पा