प्यारमा नपर्नु…?

रोशन “काभ्रेली”

बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।
झुटाे हाे मायाँजाल उन्काे संसारमा नपर्नु ।।

जीवन उन्काे, जिउन देऊ अ।फ्नै तबरले,
एक्लै तिम्राे नि गुज्रेला, लाचारमा नपर्नु ।।
बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।

तिमी भन्छाै यहाँ, याे रिवाज भईसक्याे,
बेर्थकाे रिसराग याे, मारामारमा नपर्नु ।।
बैगुनि प्रियसीकाे भराेसा, प्यारमा नपर्नु ।।

प्रेमसागर बाेकि हिडेकाे काभ्रेली ठिटाे म,
छाल उच्छलिएर बगाउँला, धारमा नपर्नु ।।
झुटाे हाे मायाँजाल उन्काे संसारमा नपर्नु ।।

लेखक: राेशन काभ्रेली, काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.