अनियन्त्रित मन आफ्नै सुर भैदियो
बदनाम भयो जिन्दगानी क्रूर भैदियो
के नै माग्नु र अरु तारा खसे संगै
तिम्रो समिप तारा संगै दुर भैदियो
कतिन्जेल टिक्छौ बार बार मरि मरि
बल्झी रहने माया आज निष्ठुर भैदियो
हद भन्दा ज्यादा नियन्त्रण गर्नु किन ?
आफ्नै बिनास आफैं बाट भरपुर भैदियो
✍️ रमेश अर्याल